दफा २६९
भोगाधिकार प्राप्त गर्न सकिने अवस्था

(१) देहायको अवस्थामा कुनै सम्पत्ति उपर भोगाधिकार प्राप्त गर्न सकिनेछ :–
(क) स्वामित्ववालाको हैसियतले,
(ख) अन्य व्यक्तिको स्वामित्वमा रहेको सम्पत्ति कानून बमोजिम प्राप्त गरेर,
(ग) भोगाधिकारको सहमति लिई ।
(२) असल मनसाय, शान्तिपूर्ण वा खुला रूपमा प्राप्त गरेको भोगाधिकारलाई मात्र कानूनी रूपले भोगाधिकार प्राप्त गरेको मानिनेछ ।